११ बैशाख २०८१, मंगलबार

प्रचण्डद्वारा मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी


प्रचण्ड र मोहन वैद्य

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ ।

दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । केही दिनअघि उनको छातीको परीक्षण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !