८ बैशाख २०८१, शनिबार

प्रचण्डको प्रस्ताव : आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रस्ताव राखेका छन् ।

केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले कुनैपनि हालतमा सत्ता गठबन्धनलाई आगामी चुनावसम्म नै निरन्तरता दिन प्रस्ताव राखेका हुन् ।

आज सोमबार बसेको बैठकमा सत्ता गठनबन्धनको सम्बन्ध, पार्टीको सांगठनिक विषय र मुख्यतः पार्टीको राष्ट्रिय सम्मेलन लगायत समसामयिक विषयमा छलफल भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

अर्को बैठक भोलि बिहान पुनः बस्नेछ । माओवादी केन्द्रले आगामी कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै पुस ११ गतेदेखि १३ गतेसम्म माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !