७ बैशाख २०८१, शुक्रबार

बाबुरामले पृथ्वीनारायणको शालिक अघि खिचेको फोटोप्रति चर्को आलोचना


बाबुराम भट्टराई पृथ्वीनारायणको शालिक अघि

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अघि खिचेको फोटोको विषयलाई लिएर सामाजिक संजाल उनको चर्को आलोचना हुँदै आएको छ ।

अस्ति असोज २६ गते मंगलबार साँझ ७ बजेर १९ मिनेट जाँदा भट्टराईले आफ्नो फेसबुक पेजमा ७ वटा फोटोहरु पोष्ट गर्दै लेखे- ‘दशैंको छुट्टीमा नातिसंग चन्द्रागिरीतिर !’ उनको उक्त पोष्टमा यो समाचार तयार पर्दासम्म उनको उक्त पोष्टमा लगभग १५०० ले कमेन्ट गर्दै अधिकांशले उनको चर्को आलोचना गरेका छन् ।

बाबुराम फेसबुक पोष्ट

बाबुराम फेसबुक पोष्ट

पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहको सालिक भत्काउने, राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती नमान्ने र हटाउन दबाब दिएका थिए । बाबुराम भट्टराईको निर्देशनमा पोखरा, गोर्खा, सिंहदरबार अगाडि र नुवाकोटमा रहेका पृथ्वीनारायणका सालिक फोरियो ।

२०६३ को आन्दोलन बिसर्जनपछि पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवस बाबुरामकै दबाब र कांग्रेसका गिरिजाको निर्देशनमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाबाट खारेज गरियो ।

विगतमा पृथ्वीनारायणको शालिक ढालेर खुशीले बुर्कुसी मार्ने तिनै बाबुराम आज उनको सालिक अघि ठिंग उभिएर तस्वीर खिचाउँदा लाज लाग्नुपर्ने होइन र ? अहिले यस्ता अनेकौ प्रश्नको घेरामा बाबुराम रहेका छन् ।

जलस्रोत विश्लेषक रत्न संसार श्रेष्ठले आज बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै बाबुरामले कुनै कालखण्डमा आफ्ना कार्यकर्ता पठाएर पृथ्वीनारायण शाहको शालिकहरू तोड्न लगाएका थिए भने अहिले उनै पृथ्वीनारायणको शालिकको पृष्ठभूमिमा तस्वीर खिच्दा के सम्झिँदा हुन् ? भनेर प्रश्न गरेका छन् ।

रत्न संसार श्रेष्ठ ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !