७ बैशाख २०८१, शुक्रबार

माधव नेपाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट


माधवकुमार नेपाल र गिलिस बोरबाव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !