१२ बैशाख २०८१, बुधबार

रुपन्देही मोतिपुर घटनाबारे एमालेले माग्यो सरकारको जवाफ


खिमलाल भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हिजो आइतबार रुपन्देहीको मोतिपुरमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा प्रश्न उठाउदै सरकारको जवाफ मागेको छ ।

एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको आरोप लगाए । भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाए ।

‘रुपन्देहीमा भएको घटना दुखदायी छ, सुकुम्वासी र भूमिहीनको व्यवस्थापन नगरी दशैंको मुखमा गोली प्रहार भएको छ,’ उनले भने, ‘यो दशैंलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नु भएको छ।’

आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । सांसद भट्टराईले यो घटननाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताए ।

दशैंको मुखमा चार जनाको हत्या हुनु दुखद् भएको भन्दै उनले १८ जना घाइतेको उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। ‘घटनाको भत्र्सना गर्छु। गृहमन्त्रीले आफ्नो जिल्लामा भएको घटना कुन मुखले हिँड्नुहुन्छ?,’ उनले भने, ‘सुकुम्वासी हुन कसैलाई रहर हुन्छ, रहरले कोही सुकुम्वासी हुन्छ र?’

यो पनि पढ्नुहोस्

रुपन्देहीमा सुकुम्बासी र प्रहरीबीचको झडप : ४ जनाको मृत्यु, कैयौँ घाइते

रुपन्देहीको मोतिपुरमा कफ्र्यु आदेश जारी

रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा गोली चल्यो : कम्तीमा ५ घाइते (अपडेट)

रुपन्देहीको मोतीपुरमा दिउँसै एकाएक गोली चल्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु