७ बैशाख २०८१, शुक्रबार

गण्डकीमा डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त


डोबाटे विश्वकर्मा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् । आज सोमबार मुख्यमन्त्री पोखरेलले सांसद विश्वकर्मालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

विश्वकर्मालाई विनाविभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ ५ बजेका लागि तय गरिएको छ ।

यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम काटेर बिन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको आलोचना भएको थियो ।

विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि तय गरिएको छ ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !