६ बैशाख २०८१, बिहिबार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्रीहरुले लिए शपथ


नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि लुम्बिनीमा आज आइतबार मन्त्रिपरिषद् विस्तार भएको हो । यसअघि शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा आजसम्म स्थगित गरिएको थियो ।

नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रूपन्देहीका बसिउद्धिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री र पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् । यस्तै नेपाली कांग्रेसवाट दाङका अर्जुन कुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना नेपाल विश्वकर्मा पर्यटन राज्यमन्त्री भएकी छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रवाट दाङका इन्द्रजित थारू स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भएका छन् । त्यस्तै सूर्य चिन्हबाट निर्वाचन जितेर राज्यमन्त्री बन्ने पक्का भएपछि माओवादी केन्द्र रोजेकी दाङकी विमलाकुमारी खत्री वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री भएकी छन् ।

यो पनि पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै, यी हुन् बन्न लागेका मन्त्रीहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !