८ बैशाख २०८१, शनिबार

अन्तत: चोलेन्द्रका जेठान उद्योगमन्त्री गजेन्द्रले बुझाए राजीनामा


गजेन्द्र हमाल

काठमाडौं । अन्ततः प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराका जेठान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।

उनी शुक्रबार मात्र मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भएपछी उनी राजीनामा दिन बाध्य भएका हुन् ।

मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्ष निकाल्दै हमालले राजीनामा दिएको बताएका छन् ।

अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !