८ बैशाख २०८१, शनिबार

२० दिन पैदल हिंडेर आएका महिलामाथि राज्यले थप हिंसा गर्नु बिडम्बनापूर्ण : बाबुराम भट्टराई

बाबुरामको प्रश्न : ओलीतन्त्र र देउवा सरकारवीच के फरक ?


डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले घरेलु हिंसापीडित महिलाबारे न्याय खोज्न २० दिन पैदल हिंडेर खुट्टामा फोका उठाउॅदै काठमाडौँ आएका महिलामाथि राज्यले थप हिंसा गर्नु बिडम्बनापूर्ण भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज अपरान्ह लेख्दै उनले लोकतन्त्रमा सडक र सदनबाट जनताले उठाएका आवाज सरकारमा बस्नेले सुन्नैपर्ने स्पष्ट पारेका छन् । उनले नत्र ओलीतन्त्र र देउवा सरकार वीच के फरक ? भनेर प्रश्न गर्दै छिटो वार्ताबाट समस्या हल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

घरेलु हिंसापीडित महिला

उनले लेखेका छन्, ‘घरेलु हिंसापीडित महिलाबारे न्याय खोज्न २० दिन पैदल हिंडेर खुट्टामा फोका उठाउॅदै काठमाण्डु आएका महिलामाथि राज्यले थप हिंसा गर्नु बिडम्बनापूर्ण छ । लोकतन्त्रमा सडक र सदनबाट जनताले उठाएका आवाज सरकारमा बस्नेले सुन्नैपर्छ । नत्र ओलीतन्त्र र यो सरकार वीच के फरक ?छिटो वार्ताबाट समस्या हल गर !’

डा. बाबुराम भट्टराई ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !