७ बैशाख २०८१, शुक्रबार

गगनले भने- कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ


गगन थापा

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनका छिद्रबाट निर्णय गरेर गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएपनि त्यसले अनन्तकालसम्म लखेट्छ भन्ने विषयमा ध्यान नदिएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै उनले हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका क्रममा गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको विषयमा प्रश्न उठाएका छन् ।

उनले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र नपुग्ने भन्दै त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँने उनको धारणा रहेको छ ।

थापाले लेखेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन । त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ । नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’

गगन थापा ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !