८ बैशाख २०८१, शनिबार

मन्त्रिपरिषद् विस्तारबारे शीर्ष नेताहरुको बैठक बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । मन्त्रिपरिषद् विस्तार अघि बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४/४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक राज्यमन्त्री पनि पाउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !