८ बैशाख २०८१, शनिबार

ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके : माधव नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एकजना व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी गरेका छन्।

पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाए । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, “ओली च्यूत भइसकेको अब औपचारिक दिन हेर्नमात्रै बाँकी छ, त्यहाँ कुनै सामुहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको छ ।”

उनले नेता जोशीलाई एकीकृत समाजवादीको स्थायी कमिटी सदस्यमा लैजाने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !