८ बैशाख २०८१, शनिबार

बालुवाटारमा देउवा र पौडेलले गरे काँग्रेस महाधिवेशन सार्ने सहमति


शेरबहादुर देउवा, रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी महाधिवेशन मिति सर्ने भएको छ । बालुवाटारमा बसेको प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका शीर्ष नेताहरुको बैठकले महाधिवेशनको मिति सार्ने सहमति गरेको हो ।

बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला लगायतको सहभागिता रहेको थियो । काँग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय भएको छ ।

बाँकी ५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत शुरु हुन समेत नसकेकाले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति सार्ने सहमति भएको हो ।

महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी छलफल भएपनि निर्णय भने हुन बाँकी रहेको छ । दसैँअघि काँग्रेसले क्रियाशिल सदस्य विवाद टुंगो लगाउने र हालसम्म अधिवेशन हुन नसकेका जिल्लामा सो अवधिमा सुरुवात गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !