७ बैशाख २०८१, शुक्रबार

माओवादीले टुंग्यायो बाँकी मन्त्रीहरु र राज्यमन्त्रीको नाम


देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले देउवा सरकारमा सहभागी हुने बाँकी मन्त्रीको नाम टुङ्गो लगाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले माओवादीका सांसदहरू देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

यसका साथै स्थायी कमिटी बैठकले बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । मन्त्रालयको विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको माओवादीका एक स्थायी कमिटी सदस्यले बताए । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !