७ बैशाख २०८१, शुक्रबार

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दै छ । मन्त्रीको नाम चयन लगायतका विषयमा मतदण्ड बनाउन जसपाको बैठक बस्ने एक नेताले जानकारी दिए ।

सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमा क-कसलाई पठाउने विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने त्यसको मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !