१३ बैशाख २०८१, बिहिबार

पार्टीको महाधिवेशनपछि आन्दोलन गर्ने अध्यक्ष कमल थापाको घोषणा


कमल थापा File Photo

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाधिवेशन लगत्तै पार्टी आन्दोलन गर्ने बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेण्डा स्थापित गराउन आन्दोलन गर्ने बताए ।

उनले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक संकटग्रस्त भएको आरोप लगाए। भ्रष्टाचारले देशलाई थला पारेको उनले टिप्पणी गरे ।

धर्म परिवर्तन, वेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादितर्फ धकेलिने थापाले बताए । केन्द्रमा पार्टी एकता पछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार ब्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !