१२ बैशाख २०८१, बुधबार

एमालेमा ७० वर्षे उमेरहद, कार्यकालको बीचमै ७० वर्ष पूरा भए के गर्ने ?


Nekapa Emale Bidhan Mahadiweshan फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ ।

विधान संशोधन प्रस्ताव कार्यदलका संयोजक विष्णु पौडेलले ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएमा कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने व्यवस्था गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !