१३ बैशाख २०८१, बिहिबार

प्रचण्डले भने- नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी हुनुपर्छ


अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी हुनुपर्ने बताएका छन् । प्रचण्डले आज शनिबार माओवादीको प्रदेश सम्पर्क समितिलाई सम्बोधन गर्दै नेपाली जनतामा कम्युनिष्टप्रति विश्वास रहेको धारणा व्यक्त गरेका हुन् ।

विगतमा एउटै कम्युनिष्ट पार्टी बनाउने र त्यसको नेतृत्वमा समाजवादको बाटो हिँड्ने प्रयास आफूले धेरै गरेको बताए । साथै प्रचण्डले वर्तमान परिवर्तनको वाहक माओवादी नै भएको दावी गर्दै संघीयतादेखि संविधानसम्मको परिवर्तन माओवादीमय भएको उनले जिकिर गरे ।

यो पनि पढ्नुहोस्

एमालेले माओवादीका युवालाई भौतिक आक्रमणको योजना बनाएको प्रचण्डको खुलासा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !