८ बैशाख २०८१, शनिबार

एमालेमा भीम रावललाई फेरि उपेक्षा : अध्यक्ष मण्डलमा समेटिएनन्


भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा उपाध्यक्ष भीम रावल अध्यक्ष मण्डलमा नसमेटिएकोले उनी उपेक्षामा परेका छन् । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।

७ सदस्यीय अध्यक्षमण्डलमा युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, रामबहादुर थापा समेटिएका छन् भने रावल भने अध्यक्ष मण्डलमा समेटिएका छैनन् ।

माधव नेपाल पक्ष छोडेर एमालेमै रहेका रावल १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, पार्टीलाई २०७५ साल जेठ दुई कै परिस्थितबाट अघि बढाउनुपर्ने र आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !