१३ बैशाख २०८१, बिहिबार

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्ने भएको छ ।

संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गरेका छन् ।

बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा बोलाएको बैठक एमालेले बहिस्कार गरेको हो । नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !