७ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अचानक अस्पताल भर्ना


माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अचानक अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण आज बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको छ । उनी तीन दिनयता विरामी परेर घरमै आराम गरिरहेका थिए । ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत गरिएतापनि उनलाई कोरोना भाइरसको संक्रमण भने देखिएको थिएन ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !