१३ बैशाख २०८१, बिहिबार

एमाले बैठकमा ओलीको प्रतिवेदनमा घनश्यामको तीन बुँदे फरक प्रस्ताव


केपी ओली र घनश्याम भुसाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले तीन बुँदे प्रस्ताव राखेका छन् । भुसालले आज केन्द्रीय कमिटी बैठकमा आफ्नो फरक मतका रूपमा तीन बुँदे प्रस्ताव राखेका हुन् ।

योसँगै एमाले बैठकमा संसद् विघटनलाई संविधानविपरीत भन्ने प्रस्ताव औपचारिक रूपमा प्रवेश गरेको छ । यसअघि बैठकमा अध्यक्ष ओलीले संसद् विघटन ठिक भएको बताएतापनि भुसालले ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि मौखिक रूपमा आफ्नो कुरा राखेका हुन् ।

भुसालले जवजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रष्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्षको प्रतिवेदनमाथि फरक मत राखेका हुन् । उनले विगतको समीक्षा, नयाँ कार्यदिशाका निम्ति ठोस प्रस्ताव र जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव गरेका हुन् ।

उनको एउटा प्रस्ताव अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चालेको कदमलाई असंवैधानिक भनेर निर्णय गराउने भन्ने रहेको छ । उनले जबजको व्याख्या पनि स्पष्ट रूपमा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेको अस्ति शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठक १० बुँदे सहमतिबारे स्थायी समितिले निर्णय गर्ने गरी आज आइतबार समापन भएको छ ।बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित ३ वटा दस्तावेजमा छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो ।

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि आज बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सोबारे छलफल गर्न भोलि सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

१० बुँदे सहमतिबारे स्थायी समितिले निर्णय गर्ने गरी एमाले बैठक समापन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !