कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि Nepalpatra कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि
१ कार्तिक २०७८, सोमबार

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि


पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले आफूमा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका छन् ।

स्रोतका अनुसार खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको थियो । धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना संक्रमण भएको भन्दै उनले आफ्नो क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !