१३ बैशाख २०८१, बिहिबार

एमाले बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न भीम रावलको माग


एमाले बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा जारी छ। बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बैठकमा उनले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशनको समीक्षा गर्न माग गरेका हुन् । तर अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !