८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले भने, ‘आकाश पार गरे पनि जमिन पार गरे पनि भारत र चिन चाहिन्छ’


kp oli

१२ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको मित्रतालाई अत्यन्तै धेरै महत्व दिने बताएका छन् । नेपाल चिन सम्बन्ध नामक पुस्तक विमोचन कार्यक्रममा ओलीले नीतिगत रुपमा नै छिमेकी देशसँगको मित्रताबारे स्पष्टता रहेको बताएका हुन् ।

भौगोलिक रुपमा नै नेपाल दुई ठूला देशको बिचमा भएकाले छिमकी नीति मित्रतापूण हुनुपर्ने ओलीको भनाई छ ।

“दुईवटा ठूला ठूला देश दुईतिर छ, हामी बिचमा छौँ, आकाश पार गरे पनि जमिन पार गरे पनि दुईवटा देश पार गर्नुपर्यो । कहिलेकहिले यस्तो लाग्छ, अमेरिका सोच्नुपर्यो भने कतापट्टिबाट सोच्ने ? बाटो त चाहिन्छ ।” ओलीले भने ।

अन्य देशमा जानका लागि पनि भारत वा चिनको बाटो प्रयोग गर्नै पर्ने भएकाले सम्बन्ध पनि त्यहीअनुसारको हुने ओलीको भनाई थियो । “दुईवटै छिमेकीसँगको हाम्रो मित्रता राम्रो छ । त्यस मित्रतालाई अझ खदिलो बनाउँछौँ । जति समानताका आधामा सम्बन्ध बढ्यो त्यति नै खदिलो र भरिलो बन्छ ।” ओलीले भने ।

कसैको फाइदाका आधारमा मात्र अघि बढ्ने मित्रता दिगो नहुने भन्दै उनले सम्मानका आधार सम्बन्ध खदिलो हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !