८ बैशाख २०८१, शनिबार

गच्छदारको जिकिर : मलाई षड्यन्त्र गरेर फसाइएको हो


विजयकुमार गच्छदार

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको जिकिर गरेका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गरे ।

उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आपूmमाथि अन्याय गरेको धारणा राखे । “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उनले भने ।
उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गरे । उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भने ।

जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उहाँले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार छु भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !