राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण, देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो Nepalpatra राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण, देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो
३१ आश्विन २०७८, आइतबार

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण, देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले बजेट प्रमाणीकरण गरेसँगै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।

संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमाले सांसदहरूको निरन्तरको नारावाजी र अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेको थियो ।

प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ । देउवा सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो ।

उक्त विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको थियो । राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए ।

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !