११ बैशाख २०८१, मंगलबार

ओली हिन्दु अतिवादी हुन् : प्रचण्ड


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रण्चण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन् । बिहीबार काभ्रेकोमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली मार्क्सवादी नभएको जिकिर गरे ।

उनले ओली प्रवृत्तिबारे आफूले तत्कालिन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको बताए। ओलीले महान नेता हुने अवसर गुमाएको पनि उनले बताए ।

पार्टी एकता हुुँदा अध्यक्ष र प्रधानमन्त्री पद ओली र आफूबीच आधा आधा समय बाँड्ने सहमति भएको पनि प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !