१३ बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादीको सचिवमा राजेन्द्र राई थपिए


राजेन्द्र राई

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । स्रोतका अनुसार उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिएका छन् ।

राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको हो ।स्रोतका अनुसार सचिवमा प्रतावित केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाइएको छ भने घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ ।

राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !