७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । आज दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले यसअघि निरन्‍तर बैठक अवरोध गर्दै आएतापनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने बताएको छ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !