७ बैशाख २०८१, शुक्रबार

आज साँझ अमेरिका जान लागेका पराष्ट्रमन्त्रीले भने, “एमसीसी प्राथमिकता लिस्टमा छैन”


डा. नारायण खड्का फाइल फोटो

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज अमेरिका जाँदैछन् । मन्त्री खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताएका छन् ।

खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् । स्रोतका अनुसार उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले भ्रमणको एजेण्डामा एमसीसी प्राथमिकताको एजेण्डा नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !