८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज ११:०० बजे बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर संसद अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको भदौ २९ गतेपछि बैठक आजका लागि बोलाइएको हो ।

सरकारले प्रतिनिधिसभाबाट आज सोमबार विनियोजन विधेयक पास गर्ने तयारी संसद सचिवालयले गरेको छ । विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई संसद सचिवालयले गराएको छ ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुने, सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिने त्यसपछि सांसदहरुले हालेका संशोधनमाथि छलफल हुन्छ र उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिने कार्यसूचीपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जान्छ ।

देउवा सरकारको बहुमत भएकाले उक्त संशोधन प्रस्ताव अस्वीकृत हुने प्रवल सम्भावना रहेको छ । सोपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने प्रस्तावउपर दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

यद्यपि आजको प्रतिनिधिसभाको बैठकमा पनि एमालेले नाराबाजीलाई निरन्तरता दिने बताइसकेको छ । बजेटको प्रतिस्थापन विधेयक यही असोज १२ गतेभित्र पारित गरेर बजेट होलिडे अन्त्य गर्ने सरकारको प्रयास छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बैठक केही समयपछिका लागि बोलाएर एमालेसँग सहमति खोज्ने प्रयास गरे पनि ठोष उपलब्धी हुन सकेको छैन । संसदको अवरोध हटाउन सभामुख सापकोटाले सर्वदलीय बैठक आयोजना गरेपनि एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ ।

यस्तो छ आजको संसद बैठकको सम्भावित कार्यसूची

यस्तो छ आजको संसद बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !