७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने विश्वप्रकाशको प्रस्ताव


विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

प्रवक्ता शर्माले आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन; शीर्षकको अवधारणापत्र सार्वजनिक गरेका थिए। उनले राष्ट्रपति पदमा दोहो¥याएर र प्रधानमन्त्रीमा २ पटक भन्दा बढी शपथ लिन नपाइने व्यवस्था गरेका हुन् ।

उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !