७ बैशाख २०८१, शुक्रबार

जनकपुर पुगेर प्रचण्डले भने- एमसीसी भन्दा सत्ता गठबन्धन नै महत्वपूर्ण हो

असोज ४ गतेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड


प्रचण्ड फाइल फोटो

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी भन्दा सत्ता गठबन्धन नै महत्वपूर्ण भएको दावी गरेका छन् । उनले एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि स्पष्ट पारे ।

जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन प्रचण्डले वर्तमान सत्ता गठबन्धन अहिले देशको लागि अपरिहार्य भएको पनि बताए । उनले सत्ता गठबन्धनमा कुनै विवाद नभएको भन्दै गठबन्धन देश र जनताको लागि बनेको बताए ।

उनले गठबन्धन संविधान, संघीय लोकतन्त्र, गणतन्त्रको रक्षा र राष्ट्रका निमित्त बनेकोले यसमा कुनै विवाद नभएको प्रष्ट पार्ने कोशिश गरेका छन् ।असोज ४ गतेपछि मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको स्वीकार गर्दै तीन दिनभित्रै सरकार विस्तार हुने खुलासा गरेका हुन् ।

प्रचण्डले भने, ‘गठबन्धन संविधान, संघीय लोकतन्त्र, गणतन्त्रको रक्षा र राष्ट्रका निमित्त बनेको हो । यसमा कुनै विवाद छैन । ४ गतेपछि मन्त्रिपरिषद विस्तार हुन्छ, त्यही भएर तपाईँहरु ढुक्क भएर लेख्नुस्, यो सहकार्य देश र जनताको लागि भएकोले संविधान संशोधनको मुद्दालाई जोडतोडका साथ लिएर जान्छौँ’ ।

उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले बिगारेको बताएका छन् । उनले तत्कालिन अर्थमन्त्रीले एमसीसी बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेर एमसीसीलाई बिगारेको आरोप लगाएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डको आरोप : ओली सरकारले एमसीसी बिगार्‍यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !