७ बैशाख २०८१, शुक्रबार

एयरपोर्टवाट ओली सिधै शीतलनिवास : आखिर ओलीले किन भेटे राष्ट्रपतिलाई ?


प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अचानक भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच हिजो बुधबार राति शीतलनिवासमा भेटवार्ता भएको हो ।

हिजो राति ८ बजेदेखि १० बजेसम्म २ घण्टा भेटवार्ता भएको विशेष स्रोतले बताएको छ । भेटमा के विषयमा छलफल भयो भन्ने अझसम्म खुलाइएको छैन । यद्यपि ओलीले देशको पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गरेको बुझिएको छ ।

अध्यक्ष ओली हिजो बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरी सकेपछि बुटवलबाट फर्किँदा राजधानी साँझ ओर्लिसकेपछि उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन् ।

राष्ट्रपति र ओलीबीच भएको भेटवार्तामा नेकपा एमालेको आन्तरिक विषयको साथै संसद्को अवरोध लगायतका विषयमा छलफल केन्द्रित रहेको विशेष स्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री पदबाट हटेपछि ओलीले गत साउन ८ गते पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !