४ बैशाख २०८१, मंगलबार

बजेट होलिडेको अवस्थामा पुग्नुमा मुख्य हात सरकारको छ : सुवासचन्द्र नेम्वाङ


सुवास नेम्बाङ

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको आरोप लगाएका छन् । उपनेता नेम्वाङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यसअघि एमाले विभाजनका लागि हतार-हतार अधिवेशन अन्त्य गरेको बताए।

उनले समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको र सभामुखको भूमिका पनि विभेदकारी भएका कारण आफूहरुले विरोध गरेको बताए । उनले एमाले विभाजनका लागि यसअघि आह्वान गरेको सांसद हतार-हतार स्थगीत गरेको र सभामुखको भूमिका पनि निष्पक्ष नभएको बताए ।

उनले साउन ३२ देखि भदौ २३ गतेसम्म एमाले विभाजनका लागि सदन स्थगित गरेको आरोप लगाए। उनले बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु