४ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी ५ असोजसम्म स्थगित


नारायणकाजी श्रेष्ठ

काठमाडौं । राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी असोज ५ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरेपछि तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची थियो ।

दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु