१३ बैशाख २०८१, बिहिबार

प्रचण्डले भने, “संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ”


प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । अध्यक्ष प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए ।

पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको उनले बताए। तर जरुरी पर्‍यो भने हामी सडकमा जानुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

कार्यक्रममा बोगटीलाई सम्झिँदै उनले अहिले माओवादीका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै उनले भने, “क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !