६ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटीको बैठक शुरु भएको छ । अहिले ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बसेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिनुभयो ।

आजको बैठकमा राष्ट्रिय सम्मेलनको तयारीसँग सम्बन्धित रहेर संगठनात्मक विषयमा छलफल हुने गुरुङको भनाइ छ । ‘बैठकका एजेण्डा अहिले सार्वजनिक गरिएको छैन तर सामान्य संगठनात्मक कुराहरुमा छलफल हुन्छ’, उहाँले भन्नुभयो ।

माओवादीले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनको तयारीस्वरूप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागिएको गुरुङ्गले बताउनुभयो । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !