माधव नेपालसहित १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस् : एमाले Nepalpatra माधव नेपालसहित १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस् : एमाले
१ आश्विन २०७८, शुक्रबार

माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस् : एमाले


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ ।

सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका छन् ।

‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कछ र ?’ उनले सभामुखलाई भनेका छन् । भट्टराईले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा