सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै Nepalpatra सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै
५ आश्विन २०७८, मंगलबार

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै


सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । आज सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गर्दै संसद अबरुद्ध गरेकोले सभामुख सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

हिजो पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन् । बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले आजै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । तर छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।

हिजो १५ मिनेट स्थगित भएर बैठक सुरु भए पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेन । संसद् बैठक यही भदौ २९ गते सम्मका लागि स्थगित छ । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

एमालेले लगातार संसद अबरुद्ध गरेपछि सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

एमालेले बैठक अवरोध गरेपछि सन्किदै देउवाले भने- संसद सञ्चालनबारे ओलीलाई सोध्नुस्

प्रतिनिधिसभाको आजको बैठकमा पनि एमाले सांसदको नाराबाजी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा