१३ बैशाख २०८१, बिहिबार

सिंहदरवार पुगेर अर्थमन्त्री शर्मालाई भेटिन् एमसीसीकी उपाध्यक्ष फतिमाले


अर्थमन्त्री जनार्दन शर्मा र एमसीसी उपाध्यक्ष फतिमा भेटघाट

काठमाडौँ । अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले सिंहदरवार पुगेर अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन् ।

आज शनिबार पौने १२ बजेपछि सिंहदरवारमा भएको भेटमा फतिमाले अमेरिकाले नेपाललाई विशुद्ध आर्थिक वृद्धिमा सहयोग गर्ने परियोजनाहरूमा ५० करोड अमेरिकी डलर अनुदान दिन लागेको भन्दै यस सम्झौतालाई अतिरञ्जना गरेर थप विवाद नगर्न आग्रह गरेकी छन् ।

आज भएको भेटमा उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् ।

उनीसंगै एमसिसीका सहअध्यक्ष जोनाथन ब्रुक्सले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरेका छन् । उक्त भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेसी र एमसीसीका पदाधिकारीसहित ७ जना उपस्थित थिए ।

यसअघि हिजो भाद्र २५ गते शुक्रबार एमसिसीकी उपाध्यक्ष फतिमाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी थिइन् । हिजै मात्र एमसिसीकी उपाध्यक्ष फतिमाले सिंहदरबार पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई भेटेकी थिइन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवास खुमलटार पुगेर भेटेकी थिइन् । नेकपा (एस) का अध्यक्ष नेपालले एमसिसीकी उपाध्यक्ष फतिमालाई आफ्नो घरमा नभेटी पार्टीको संसदीय दलको कार्यालयमा भेटेका थिए भने नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो निवासमै बोलाएर भेटेका थिए ।

यस्तै उनले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेकी थिइन् । एमसीसी पारित गर्नका लागि माहोल बनाउन नेपाल आएकी उनले अस्ति बिहीबारदेखि नै भेटवार्तालाई तीव्रता दिएकी छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फतिमावीच भेटवार्ता

एमसीसी उपाध्यक्ष फतिमाले सिंहदरबार पुगेर भेटिन् ऊर्जामन्त्री भुसाललाई

प्रचण्ड भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फतिमा सुमार

सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई

भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !