१२ बैशाख २०८१, बुधबार

१४ औँ महाधिवेशन : ६६ वडामा सर्वसम्मत


क्रियाशील सदस्यताको सूची

रोल्पा । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।

“अधिवेशन हुन नसकेका एक वडामा आज अधिवेशन हुँदैछ”, कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भन्नुभयो । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन ।

जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !