११ बैशाख २०८१, मंगलबार

एमसीसी उपाध्यक्ष र ओलीबीचको भेटवार्ता सकियो


भेटवार्ता

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । आज काठमाडौं आईपुगेकी सुमारले पहिलो राजनीतिक भेटवार्ता भने ओलीबाट सुरु गरेकी हुन् ।

भेटवार्तामा सहभागी एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसी अघि बढाउने विषयमा सत्ता पक्षले अहिलेसम्म आफूहरुसँग कुनै छलफल नै नगरेको स्पष्ट पारे ।

यद्धपी यो विषय आफूहरुले सुमारसँगको भेटवार्तामा भने नउठाएको उनको भनाई थियो । भेटवार्ताको क्रममा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !