८ बैशाख २०८१, शनिबार

ओलीको निष्कर्ष : ‘एमसीसी पास गर्ने जिम्मा हाम्रो होइन’


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्ने जिम्मा आफुहरुको नभएको बताएका छन् । अध्यक्ष ओलीले एमसीसी आफुहरुले सम्झौता समेत नगरेकाले अध्ययनपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताए ।

बुधबार संसदीय दलको बैठकमा बोल्दै उनले भने, “एमसीसी अहिले छलफल र डिबेटको रुपमा आएको छ । त्यसलाई छलफलमा जान दिउ न ! दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन।”

सत्ता गठबन्धनले प्रश्न सोधेको जवाफ नआएको भनिरहेको भन्दै प्रश्न सोधिए पनि एमसीसीको मुल सम्झौता नफेरिने बताए । उनले देश र आम जनताको हितका विरुद्ध एमालेले निर्णय गर्न नसक्ने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !