८ बैशाख २०८१, शनिबार

संघीय संसद्को दशौँ अधिवेशन आज बुधबारदेखि शुरु


संसद

काठमाडौँ । संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आज बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेश लगायत कार्यसूची हुनेछन् । गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !