१३ बैशाख २०८१, बिहिबार

नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज बिहान बस्दै


नेपाली कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

देउवाले आज बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा महामन्त्री शशांक कोइराला सहितका नेताहरूलाई बोलाएका हुन् ।

सभापति देउवाले हतारमा निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने देउवानिकट स्रोतले बताएको छ । कांग्रेसमा समावेशी प्रतिनिधित्व बढाउन पहल शुरु भएको छ ।

निर्वाचन निर्देशिकाले समावेशी क्लस्टरको धज्जी उडाएको भन्दै दबाव दिएर वडा तहमा एकजनामात्रै सदस्य भए पनि समावेशी क्लस्टरको प्रतिनिधित्व सुनिश्चित भएपछि अब प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधिको पहलमा नेताहरू जुटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !