७ बैशाख २०८१, शुक्रबार

सम्पूर्ण क्रियाशील सदस्यहरूलाई उत्साहपूर्वक अधिवेशनमा सहभागी हुन थापाको आग्रह


गगन थापा फाइल फोटो

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेको वडा तहको अधिवेशन आज आरम्भ भएको बताएका छन् । नेता थापाले वडा पार्टी संरचनाको आधारभूत तह मात्र नभई यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ भएको बताएका छन्।

नेता थापाले सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “ने.काको वडा तहको अधिवेशन आज आरम्भ हुंदैछ।वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो।सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !