१३ बैशाख २०८१, बिहिबार

सर्वोच्च अदालतले माग्यो पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च दिनुको कारण


झलनाथ खनाल

काठमाडौं । सर्वोच्च अदालतले मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च दिएको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

खनालको उपचारका लागि तत्कालिन केपी शर्मा ओली सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो । भदौ १३ गते अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !