४ बैशाख २०८१, मंगलबार

पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किँदै


झलनाथ खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किने भएका छन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल उपचाररत खनाल भोलि अपराह्न नयाँ दिल्लीबाट काठमाडौं फर्कन लागेका हुन् ।

पोष्ट कोभिड तथा मृगौलामा समस्या देखिएपछि उपचारका लागि खनाल असार २ गते दिल्ली भारत गएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ ।

उपचारका लागि भारत प्रस्थान गर्दा पार्टी एक बनाउन सन्देश दिएका खनाल पार्टीमा ओलीको तानाशाही प्रवृति बढेको भन्दै एकाएक भदौँ ९ गते पार्टी विभाजन हुँदा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भनेर कित्ता क्लियर गरेका थिए ।

साथै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि सनाखत गरेका थिए । औपचारिक रुपमा पार्टी विभाजनको अघिल्लो चन्द्रागिरीमा बसेको माधव नेपाल समूह पक्षको बैठकमा उनले दिल्लीबाटै भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !